मेडिकल काउन्सिलको उपत्यका निर्वाचनमा आज कति भोट खस्यो ?

0
Shares

काठमाडौँ, २९ भदौ । नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौँ उपत्यकामा भएको पहिलो दिनको मतदानमा ६२१ भोट खसेको छ । काउन्सिलले तय गरेको काठमाडौँ र ललितपुरको दुई मतदान केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म जारी निर्वाचनमा सो भोट खसेको हो ।

काउन्सिल निर्वाचन समितिका सदस्य सचिव अनिता लामाका अनुसार काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव भवन मतदान केन्द्रमा ४२६ भोट र ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा १९५ भोट खसेको छ ।

काउन्सिलको २०७४ / ७८ कार्यकालका लागि एक उपाध्यक्ष र ८ सदस्य छनौट गर्न भएको निर्वाचन उपत्यका बाहिरका १६ बुथमा गत २३ भदौमै सकिएको छ ।

यसपटक उपाध्यक्षका लागि तीन जना र सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन ३१ भदौसम्म चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *