मेडिकल काउन्सिलको उपत्यका निर्वाचनमा आज कति भोट खस्यो ?

काठमाडौँ, २९ भदौ । नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौँ उपत्यकामा भएको पहिलो दिनको मतदानमा ६२१ भोट खसेको छ । काउन्सिलले तय गरेको काठमाडौँ र ललितपुरको दुई मतदान केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म जारी निर्वाचनमा सो भोट खसेको हो ।

काउन्सिल निर्वाचन समितिका सदस्य सचिव अनिता लामाका अनुसार काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव भवन मतदान केन्द्रमा ४२६ भोट र ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा १९५ भोट खसेको छ ।

काउन्सिलको २०७४ / ७८ कार्यकालका लागि एक उपाध्यक्ष र ८ सदस्य छनौट गर्न भएको निर्वाचन उपत्यका बाहिरका १६ बुथमा गत २३ भदौमै सकिएको छ ।

यसपटक उपाध्यक्षका लागि तीन जना र सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन ३१ भदौसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *