स्वास्थ्य मन्त्रालयको बार्षिक समिक्षा प्रदेश स्तरीय हुने

2.5k
Shares

काठमाडौँ, १८ साउन । स्वास्थ्य मन्त्रालयले क्षेत्रगत रुपमा गर्दै आएको बार्षिक समिक्षा गोष्ठी यसपटक देखि प्रदेश स्तरमा गर्ने भएको छ ।

संघीयताको कार्यान्वनय गर्ने नीति अनुरुप मन्त्रालयले समिक्षा गोष्ठी क्षेत्रबाट परिवर्तन गरि प्रदेशस्तरमा गर्न लागेको हो ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालय र विभागका जिम्मेबार अधिकारीहरुलाई यसपटकको बार्षिक समिक्षा गोष्ठी प्रादेशिक संरचना अनुसार गर्ने गरि मिलाउन निर्देशन दिइसकेका छन् । सोही अनुसार मन्त्रालय तथा विभागले तयारी थालेका छन् ।

यसअघि पाँच विकास क्षेत्रमा हुन्थ्यो । यसपटक देखि प्रदेश स्तरीय समिक्षा हुने कुरा छ । हामी त्यसैको तयारीमा लागेका छौँ । मन्त्रालयका एक अधिकारीले बताए ।

प्रदेशमै गर्ने कि केन्द्रमा गर्ने टुंगिन बाँकी
यसअघि क्षेत्रीय दरमुकाममा गई समिक्षा गर्दै आएको मन्त्रालयले प्रदेशको टुंगो लागि नसकेका कारण कहाँ गएर गर्ने भन्नेमा अलमल छ । ‘पाँच वटा प्रदेशका लागि त पाँच विकास क्षेत्र भएकै ठाँउमा गएर गर्न सकिएला बाँकी दुईवटा प्रदेशमा कहाँ गर्ने ? त्यसैले ठाँउ तोकिएको छैन,’ स्रोतले भन्यो ।

काठमाडौँमै पनि हुनसक्ने
‘स्वास्थ्य मन्त्रीले छिटो छरितो र प्रभावकारीका लागि यसपटक सात वटै प्रदेशको समिक्षा केन्द्रमै गर्ने कि भन्ने विकल्प पनि अघि सारेका छन् । सो विषयमा पनि छलफल भईरहेको छ,’ स्रोतले भन्यो । मन्त्रालयले भदौको पहिलो साता देखि बार्षिक समिक्षा सुरु गर्ने तयारीमा छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *