डा.केसीले थाले ११ औं अनशन

0
Shares


काठमाडौँ, ९ साउन। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राडा गोविन्द केसीले ११ औं आमरण अनशन सुरु गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा. केसीले अपराहृन ४ बजेबाट आमरण अनशन सुरु गरेको घोषणा गरेका हुन् ।

डा. केसीले आफ्नो अनशनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई भने नरोकिने बताएका छन् ।

उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन, शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको भएको भन्दै आफूले यसअघि माग पूरा गर्न यही असार ३१ गते अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशन बस्न वाध्य भएको बताएका छन्।

डा. केसीले शिक्षण अस्पताल महाराजगन्जको गणेशमानसिंह भवनमा आमरण अनशन थालेका हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *