बलत्कारकोआरोपमा पक्राउ परेका एमबीबीएसका बिद्यार्थीले पाए सफाइ
पाल्पा, २८ असार । किशोरी बलत्कारको आरोपमा पक्राउ परेका एमबीबीएसका बिद्यार्थी सरोज अधिकारीले सफाइ पाएका छन् । पाल्पा जिल्ला अदालतले उनलाई आज सफाइ दिएको हो ।
न्यायधिश भरतमणी खनालको एकल इजलासले बलत्कार भएको भन्ने आरोप पुष्टि हुने प्रमाण नपाएको भन्दै सफाइ दिएको हो ।
तानसेन बारुदखानका अधिकारीले गत १४ पुसमा छिमेकमा डेरागरी बस्ने १७ बर्षीय किशोरीलाई बलत्कार गरेको आरोप लागेको थियो ।सोही आरोपमा प्रहरीले उनलाई बैशाखमा पक्राउ गरी गत जेठमा जेल चलान समेत गरेको थियो ।
उनी लुम्बिनी मेडिकल कलेजका एमबीबीएस अन्तिम वर्षका बिद्यार्थी हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



