एमडी/एमएसको भर्ना ‘मेरिट’को आधारमा गर्न राष्ट्रिय चिकित्सक संघको माग

0
Shares

काठमाडौँ, १७ असार । एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघले त्रिवि चिकित्साशास्त्र तर्फ स्नातकोत्तर तह(एमडीएमएस)को भर्ना प्रक्रिया मेरिट(योग्यताक्रम)का आधारमा हुनुपर्नेमा जोड दिएको छ । उसले मेरिटका आधारमा भर्ना प्रक्रिया मिलाउन त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डीन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

संघका महासचिव डा. रमेश ढकालद्धारा आज जारी विज्ञप्तीमा केही निजी मेडिकल कलेजले मेरिट अनुसार भर्ना नगरी मनोमानी गरेको र सो प्रक्रियामा आइओएम डीन कार्यालयले द्धैध चरित्र देखाएको आरोप लगाएको छ ।

संघले चिकित्सकहरुको हकहीतको पक्षमा आफूहरु कटिवद्ध भएको भन्दै विवादास्पद भएको यो भर्ना प्रक्रिया रोगी तत्काल मेरिटको आधारमा नयाँ भर्ना लिने व्यवस्था मिलाउन समेत माग गरेको छ । साथै उसले आरक्षणका नाममा भएका भर्नालाई बदनीयतपूर्ण भन्दै आपत्ती जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *