‘दश लाख खर्च गरि नर्सिङ पढियो अहिले तलब १० हजार छैन, कहिले तिर्नेे ऋण ?’

अस्पतालहरुमा नर्सलाई भोलेन्टियर राखेको कुरा धेरै पटक आयो, तलव कम दिएको बारे पनि धेरै नै सुनियो । कतिपय अस्पतालमा नर्सबाट नै राम्रो सेवा नपाएको भन्ने गुनासो पनि सुनिदै आएको छ ।
किन त्यस्तो ? नर्सिङ परिषदकी अध्यक्ष प्रा तारा पोखरेलले कतिपय अस्पतालहरुमा नर्सहरुलाई काममा लगाएर श्रम लिने श्रमको उचित प्रतिफल नदिने परिपाटीले कहिलेकाँही त्यस्तो समस्या निम्त्याउने बताउँछिन् ।
हामीले यसपटक फेसबुक पेजबाट नर्सको समस्या के हो भनेर सामान्य प्रतिक्रिया लिने कोशिश गरेका थियौँ । त्यसमा अधिकांशले इमेल र फेसबुकबाट आफ्ना समस्या तथा गुनासा पोखेका थिए ।
अधिकांश त्यस्ता गुनासाहरु तलव र भोलेन्टियरकैमा केन्द्रीत रहेको पाइयो । हामीलाई इमेल तथा फेसबुकबाट गुनासो पोख्ने अधिकांश नर्सले तालिम वा अन्य सुविधाका बारेमा माग नै गरेनन् ।
हेर्नुहोस् केही नर्सले पठाएका केही गुनासाहरु बुदागतरुपमा
- विदेश गएर नर्सिङ अध्ययन गर्दा १२ लाख लाख बढी सकियो आएर जागिर खान खोज्दा ८ हजार बढी पाइएन् । पढेको कुरा त्यहि छ नखानु पनि भएन ।
- गुनासो गरेर के गर्नु काम छैन किनकी सुन्ने कसैले होइन ।अध्ययन गर्दा कति लाख खर्च हुन्छ तर काम गरेर तलव पाउने भनेको जम्मा ८ हजार के गरी बाच्ने हो हामी नर्स ?
- सरकारले साधारण व्यक्तिको न्युनतम तलव झण्डै १० हजार तोकेको छ । तर हामी विज्ञ नर्सहरुको तलव ८ हजार रे ।कसरी बाच्ने हो यति तलवले ? कसैले उपाय सुझाउँछ कि ?
- मेरो भने तलव १६ हजार छ तर चौविसै घण्टा बर्थिङ सेन्टरमा काम लगाउछ । एक दिन पनि विदा बस्न पनि नपाईने । यो भन्दा ठूलो समस्या के होला ?
- एउटा अस्पतालमा इन्टरभ्यु दिन गएको योग्य दक्ष नर्सहरु मात्रै हामीले लिने गरेका छौँ तपाईको राम्रो रहेछ भन्यो मख्ख भए तर तलवको कुरा गर्ने बेलामा मसिनो स्वरमा १० हजार मुनि घटाघट सिस्टममा चलेको छ पो भन्यो । जसले कम तलव बोल्यो उसले जागिर पाँउछ यहाँ । जागिर पाउनु नै ठूलो कुरा हो पो भन्छ बा । त्यसपछि मेरो योग्यता र दक्षता ने बेकार रहेछ जस्तो लाग्यो ।
- ६ महिनाको बच्चा घरमा छोडी १४ घण्टा डिउटी गर्नुपर्छ के भन्नु र खोई ?
- ठूला निजी अस्पतालमा विरामीलाई लग्जरियस सुविधा चाहिने, क्याविनमा बस्छन् । विरामीका आफन्तले रातीमा जिस्काउछन् । त्यसको सुरक्षा खोई ? अलिकति मिस्टेक भयो भने कति हो कति हंगामा । तर पनि नर्सिङ पढियो जागिर त खानै परयो जसो तसो ।
- हाम्रा गुनासा कसले सुन्ला, अहिलेका मन्त्री ज्यू आफै सेलिब्रेटी, बोल्नमा माहिर, तर गर्न त्यस्तै नर्सिङ परिषद र नर्सिङ एसोशिएसनका पदाधिकारीहरुलाई सुनायो राजनीतिक रङ दिई हाल्छन् । त्यसैले सबै नर्सहरु कडा आन्दोलनमा नउत्रिई सुखै छैन् ।
(गुनासा गर्नेहरुको परिचय गोप्य राखिएको छ )
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



