सरकारले हटाएका नौ पदाधिकारीले गरे पुर्नबहाली

काठमाडौँ, १० बैशाख । सर्वोच्चको आदेशपछि सरकारको बर्खास्तमा परेका स्वास्थ्यका ७ पदाधिकारीले आज पुर्नबहाली गरेका छन् । दुई पदाधिकारी भने यसअघि नै पुर्नवहाली भइसकेका थिए ।

पुनर्वाहाली हुनेहरुमा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा चन्द्रकला शर्मा, रजिष्टार लक्ष्मी राई, फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाई, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष दीपेन्द्रकुमार झा, आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा झलक शर्मा गौतम, रजिष्टार डा रामचन्द्र पाण्डे छन् ।

त्यस्तै सिंहदरबार बैद्यखानाका प्रवन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले पनि आजै कार्यालय पुगेर हाजिर गरेका छन् । यद्धपी यसअघि नियुक्त प्रवन्ध निर्देशक डा वंशदीप शर्मा खलेरले कार्यकक्षमा ताला मारेर हिडेपछि उनी बाहिरै हाजिर गरि फर्केका थिए ।

नर्सिङ काउन्सिलमा यसअघि नियुक्त भएका पदाधिकारीहरुले मन्त्रालयको चिठी चाहिने भन्दै पुनर्वहालीका लागि गएकाहरुलाई फर्काएका छन् । यद्धपी उनीहरुले सर्वोच्चको आदेशात्मक पत्र दर्ता गराएर छाडेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव  डा  खेम कार्की र नेपाल स्वास्थ्य व्यावसायी परिषदका रजिष्टार काशी रिमाल यसअघि नै पुनर्वहाली भएका थिए ।

उता जीपी कोइराला स्वासप्रस्वास केन्द्रका निर्देशक डा यज्ञबहादुर भण्डारी उपत्यका बाहिर रहेका कारण पदवहाली गर्न भ्याएनन् ।
स्वास्थ्य मन्त्री गगन थापाको प्रस्तावमा गत १७ फागुनको मन्त्रिपरिषदको बैठकले पुराना पदाधिकारीलाई बर्खास्त गरी ती ठाँउमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय विरुद्ध बर्खास्तमा परेका पदाधिकारीहरु सर्वोच्च गएका थिए । सर्वोच्चले गत ५ बैशाखमा सुनुवाई गर्दै नयाँ नियुक्तिलाई बदर गर्दै हटाइएका पदाधिकारीहरुलाई काममा फर्केर निर्वाध रुपमा काम गर्न आदेश गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *