खिल्ली चुरोट बिक्री नियन्त्रण गर्न स्थानीय प्रशासनलाई स्वास्थ्यको पत्र

काठमाडौँ, ८ बैशाख । स्वास्थ्य मन्त्रालयले खिल्ली चुरोट विक्री वितरणलाई पूर्णरुपमा रोक लगाउन स्थानीय प्रशासनलाई पत्र पठाएको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले विहीबार सबै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखि खिल्ली चुरोट विक्री वितरणलाई रोग लगाउन भनेको हो ।

केन्द्रका निर्देशक एवं सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका उपाध्यक्ष बद्रीबहादुर खड्काद्धारा प्रेशित पत्रमा चुरोट, विडी तथा सिगार जस्ता सुर्तीजन्य पदार्थको फुटकर विक्री वितरण गर्न नपाइने सूचना राजपत्रमा प्रकाशित भईसकेको उल्लेख गर्दै सोही अनुसार कदम चाल्न भनिएको छ । सरकारले २०७२ माघ १२ गते राजपत्रमा सूचना प्रकाशित गरि चुरोट विडी जस्ता बस्तुहरुको फुटकर विक्री वितरणमा रोक लगाएको थियो । यद्धपी अहिलेसम्म त्यसको कुनै कार्यान्वनय भएको छैन् ।

निर्देशक खड्काले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्न सरकारले सहायक प्रमुख जिल्ला अधिकारीलाई फोकल पर्सन तोकेको भन्दै कानून कार्यान्वनयको लागि आग्रह गरिएको बताए । उनले यसअघि पनि कानून कार्यान्वनय गर्ने व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारीलाई भनिएपनि कानूनी रुपमा उल्लेख नभएको भन्दै हालै संसोधित व्यवस्थाले स्पष्ट जिम्मेबारी पाएपछि कानून कार्यान्वनय हुने आशा व्यक्त गरे ।

नेपालमा हरेक बर्ष करीव २५ हजार बढी व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनकै कारण मृत्युहुने गरेको अनुमान छ । यसलाई नियन्त्रण गर्न सरकारले कडा कानून बनाएको छ । यद्धपी कानून कार्यान्वनयको अवस्था भने अत्यन्तै फितलो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *