अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीसंग १५ महिनाको तलव भत्ता असुल गर्न निर्देशन

3.8k
Shares

काठमाडौँ, २८ चैत । स्वास्थ्य मन्त्रालयले तलवी अध्ययन विदामा बसेका एक स्वास्थ्यकर्मीसंग १५ महिनाको तलव भत्ता असुल उपर गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले फर्पिङ आयुर्वेद औषधालय काठमाडौँमा पदाधिकार रहेका कविराज (छैटौँ तह) चन्द्रनारायण झासंग तलव भत्ता असुल गर्न बाग्मती अञ्चल आयुर्वेद औषधालयलाई निर्देशन दिएको हो । पाका उमेरका कर्मचारी झाले मन्त्रालयको कोटामा बीएएमएस अध्ययन गर्दैछन् ।

गत मंसिर ८ को मन्त्रीस्तर निर्णयबाट झाले २०७१ पुस ७ देखि २०७२ चैत ६ सम्मको तलवी विदालाई असाधारण विदामा परिणत गरेको भन्दै मन्त्रालयले उनले सो अवधीमा पाएको तलव भत्ता असुल गर्न अञ्चल कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले पठाएको पत्रमा भनिएको छ २०७१ पुस ७ देखि २०७२ चैत ८ गतेसम्म स्वीकृत तलवी अध्ययन विदानेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ५४(३) ख अनुसार असाधारण विदामा परिणत गरिएको छ । सो अवधीमा खाई पाई आएको तलव तलव भत्ता सरकारी बाँकी सरह असुल उपर गरी सोको भौचर सहित पेश गर्न अनुरोध छ ।

मन्त्रालय स्रोतका अनुसार उनी ६ बर्ष तलवी अध्ययन विदामा बसेका छन् । छ वर्ष अध्ययन विदामा बसेका व्यक्तिले विदापछि कम्तीमा ९ बर्ष सेवा गर्नुपर्छ । तर उनले उमेरहदका कारण सो अवधी पुरा नसक्ने बताइएको छ । सोही कारण तलवभत्ता असुल गर्न निर्देशन दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *