अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीसंग १५ महिनाको तलव भत्ता असुल गर्न निर्देशन

काठमाडौँ, २८ चैत । स्वास्थ्य मन्त्रालयले तलवी अध्ययन विदामा बसेका एक स्वास्थ्यकर्मीसंग १५ महिनाको तलव भत्ता असुल उपर गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले फर्पिङ आयुर्वेद औषधालय काठमाडौँमा पदाधिकार रहेका कविराज (छैटौँ तह) चन्द्रनारायण झासंग तलव भत्ता असुल गर्न बाग्मती अञ्चल आयुर्वेद औषधालयलाई निर्देशन दिएको हो । पाका उमेरका कर्मचारी झाले मन्त्रालयको कोटामा बीएएमएस अध्ययन गर्दैछन् ।

गत मंसिर ८ को मन्त्रीस्तर निर्णयबाट झाले २०७१ पुस ७ देखि २०७२ चैत ६ सम्मको तलवी विदालाई असाधारण विदामा परिणत गरेको भन्दै मन्त्रालयले उनले सो अवधीमा पाएको तलव भत्ता असुल गर्न अञ्चल कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले पठाएको पत्रमा भनिएको छ २०७१ पुस ७ देखि २०७२ चैत ८ गतेसम्म स्वीकृत तलवी अध्ययन विदानेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ५४(३) ख अनुसार असाधारण विदामा परिणत गरिएको छ । सो अवधीमा खाई पाई आएको तलव तलव भत्ता सरकारी बाँकी सरह असुल उपर गरी सोको भौचर सहित पेश गर्न अनुरोध छ ।

मन्त्रालय स्रोतका अनुसार उनी ६ बर्ष तलवी अध्ययन विदामा बसेका छन् । छ वर्ष अध्ययन विदामा बसेका व्यक्तिले विदापछि कम्तीमा ९ बर्ष सेवा गर्नुपर्छ । तर उनले उमेरहदका कारण सो अवधी पुरा नसक्ने बताइएको छ । सोही कारण तलवभत्ता असुल गर्न निर्देशन दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *