राज्यको पुर्नसंरचना : खारेज होला त स्वास्थ्य मन्त्रालय ?
काठमाडौँ, ९ चैत । नयाँ संरचनामा स्वास्थ्य मन्त्रालय हटाउने प्रस्ताव गरिएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको प्रारम्भिक खाका बनाउन गठित उच्चस्तरीय कार्यदल अन्तर्गतको उपसमितिले स्वास्थ्य सहित अन्य तीन मन्त्रालय जोडेर सामाजिक विकास मन्त्रालय नाम राख्न प्रस्ताव गरेको छ ।
प्रस्तावमा स्वास्थ्य सहित जनसंख्या मन्त्रालय र संस्कृति तथा पर्यटन र नागरिक उड्यन मन्त्रालयबाट संस्कृतिलाई झिकेर सामाजिक विकासमा राख्ने प्रस्ताव गरिएको छ ।
कार्यदल संयोजक एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिव निता पोखरेलले भनिन्, केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपिरषदको कार्यालय सहित १४ देखि १५ मन्त्रालय बनाउने प्रस्ताव गरिएको छ । यसमा अझै छलफल हुँदैछ ।’
उपसमितिको प्रस्तावलाई सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वको कार्यदलले अध्ययन गरेपछि मन्त्रीपरिषदमा पेश हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]