सप्तरी घटनामा ज्यान गुमाउनेहरु मध्ये एक जना सीअहेव

3.8k
Shares

काठमाडौँ, २४ फागुन । सोमबार सप्तरी घटनामा मृत्यु हुने तीन मध्ये एक जना स्वास्थ्यका कर्मचारी रहेको खुल्न आएको छ । गोली लागि मृत्यु हुने आनन्द साह सप्तरीस्थित डिमन स्वास्थ्य चौकीका सीअहेव हुन् ।

पोलियो थोपा खुवाएर फर्कदै गर्दा उनीमाथि गोली लागेको स्वास्थ्यकर्मीहरुले दावी गरेका छन् । ‘उहाँ पोलियो थोपा पुरयाएर मोटरसाईकलमा सोही बाटो आउँदै हुनुहुन्थ्यो । गोली चलेछ  छातीमै लाग्यो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुरयाएपछि चिकित्सकले उपचार गर्न नपाई मृत घोषणा गरिदिए,’ अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्कीले बताए ।

यसअघि सीअहेवकै चर्को आन्दोलनका कारण सप्तरीमा पहिलो र दोस्रो दिन पोलियो थोपा खुवाइएको थिएन् । २२ फागुनमा मन्त्रालयले केही स्वास्थ्यकर्मीलाई निलम्वन गरी कारबाही अगाडी बढाएपछि पोलियो थोपा सुचारु भएको थियो ।

सोमबारको घटनामा गोली लागेर सञ्जन मेहता र पिताम्बरलाल मण्डलको समेत मृत्यु भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *