मृत्यु पछि अंगदान गर्न ६० जनाको आयो मञ्जुरीनामा

308
Shares

 

काठमाडौँ, १६ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले अंगदान गर्ने मन्जुरीनामा पत्रमा हस्ताक्षर गर्नासाथ आइतबार स्वास्थ्य मन्त्रालयमा अंगदान गर्ने होडबाजी नै चल्यो । मानवअंग प्रत्यारोपण केन्द्रमा रहेको सेलबाट आएको टोलीले मृत्यु पछि अंगदान गर्न इच्छुकहरुका लागि मन्जुरीपत्रमा हस्ताक्षर गर्न लगाएको थियो ।

सो क्रममा ६० जनाले मन्जुरीनामा दिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनीहरुले ल्याप्चे लगाएको मन्जुरीनामामा मृत्युपछि मुटु, मृगौला, फोक्सो, कलेजो, सानो आन्द्रा, प्याङक्रियाज लगायतका अंग झिकी आवश्यक परेको जो सुकै विरामीमा प्रत्यारोपण गर्न सकिने कुरा उल्लेख छ ।
सोही अवसरमा केन्द्रले निशुल्क मिर्गौला जाँच शिविरको समेत आयोजना गरेको थियो । उक्त शिविरमा २ सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । सबै पिसाव जाँच गरेपनि १७५जनाको रगतजाँच र ४० जनाको अल्ट्रासाउण्ड गरिएको थियो ।

उक्तशिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाईयो जसमध्ये १८ जनामा मिर्गौलाबाट प्रोटिन चुहिने दीर्घकालिन मिर्गौला रोग, ३ जनामा पत्थरी, १ जनामा इक्टोपिक मिर्गौला, १० जनामा मधुमेहर १० जनामा उच्च रक्तचाप भएको थाह भएको थियो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठको नेतृत्वमा भएको उक्त शिविरमा नेफ्रोलोजिस्टहरु डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष गुरुङ्ग, युरोलोजिस्ट डा. नारायण भुषाल तथा मेडिकल अफिसर डा. रनिल श्रेष्ठ सहभागी थिए । नर्सिङ तर्फ टोलीको नेतृत्व नर्सिङ निर्देशक निर्देशक इन्दिरा प्रधानले गरेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *