रक्षाबाट सहसचिव सनत केसी आए स्वास्थ्यमा
काठमाडौँ ११ फागुन । स्वास्थ्य मन्त्रालयमा नयाँ सहसचिव सनत केसी आउने भएका छन् । केसी गत माघको दोस्रो साता सिंचाईबाट रक्षा मन्त्रालय पुगेका थिए ।
सरकारले निर्वाचन घोषणा गरेको दोस्रो दिन भएको १३ सहसचिवको सरुवामा केसी रक्षाबाट स्वास्थ्यमा सरुवा भएका हुन् ।
सरकारले माघको दोस्रो साता स्वास्थ्यबाट दुई सहसचिवलाई सरुवा गरेको थियो भने एक जनालाई स्वास्थ्यमा पठाएको थियो । सप्तरीमा प्रजिअ रहेका बलदेव गौतम त्यतिवेला नै स्वास्थ्यमा सरुवा भएका थिए ।
उनले रिक्त रहेका कर्मचारी प्रशासन महाशाखा र मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखा दुबै सम्हाल्दै आएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



