रक्षाबाट सहसचिव सनत केसी आए स्वास्थ्यमा

काठमाडौँ ११ फागुन । स्वास्थ्य मन्त्रालयमा नयाँ सहसचिव सनत केसी आउने भएका छन् । केसी गत माघको दोस्रो साता सिंचाईबाट रक्षा मन्त्रालय पुगेका थिए ।

सरकारले निर्वाचन घोषणा गरेको दोस्रो दिन भएको १३ सहसचिवको सरुवामा केसी रक्षाबाट स्वास्थ्यमा सरुवा भएका हुन् ।

सरकारले माघको दोस्रो साता स्वास्थ्यबाट दुई सहसचिवलाई सरुवा गरेको थियो भने एक जनालाई स्वास्थ्यमा पठाएको थियो । सप्तरीमा प्रजिअ रहेका बलदेव गौतम त्यतिवेला नै स्वास्थ्यमा सरुवा भएका थिए ।
उनले रिक्त रहेका कर्मचारी प्रशासन महाशाखा र मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखा दुबै सम्हाल्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *