नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४३ प्रतिशत उत्तीर्ण

काठमाडौँ, ६ असोज । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४३.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा हिजो र आज कम्प्युटर विधिबाट भएको परीक्षामा सहभागीमध्ये आधा भन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएको हुन् ।
काउन्सिल रजिष्ट्रार डा सुप्रभात श्रेष्ठका अनुसार परीक्षाका लागि यसपटक एमबीबीएस तर्फ १ हजार ७५ जनाले फारम भरे पनि परीक्षा दिन १ हजार ५४ जना आएका थिए ।
ती मध्ये ४७३ जना उत्तीर्ण (४४.८८ प्रतिशत) भएका छन् । बाँकी ५८१ जना अनुतीर्ण भएका छन् ।
यस्तै बीडीएस तर्फ कुल १३३ जनाले फारम भरे पनि परीक्षाका बेला १३१ जना सहभागी भएका थिए । ती मध्ये ३७ जना (२८.२४ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।
अनुत्तीर्णको संख्या ९४ हुँदा एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



