स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. कृष्णप्रसाद पौडेल
काठमाडौँ, ६ असोज । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।
बरिष्ठ बालरोग विशेषज्ञ डा. पौडेल तहका अधिकृत हुन् ।
उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए । डा. पौडेल निमित्त महानिर्देशकमा आएपछि यसअघि निमित्त रहेका डा. अनुज भट्टचन पूर्ववत रुपमा विभागकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीमा फर्केका छन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२ औँ तहको हो ।
डा. संगिता मिश्रा प्रधानमन्त्री कार्यालयमा तानिएपछि अहिले स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ मात्रै छन् । उनले विभागको नेतृत्व गर्न इच्छा व्यक्त पनि गरेका थिए । तर मन्त्रालयले एक जना अतिरिक्त मन्त्रालयमै आवश्यक रहेको भन्दै नपठाएको स्रोतले बताएको छ ।
‘उहाँले विभागमा जान इच्छा देखाएको पनि हो तर मन्त्रालयमा पनि एक जना त चाहियो भन्ने भयो । त्यसैले उता पठाइएन,’ स्रोतले भन्यो ।
हिजो पत्र बुझेका डा. पौडेलले आजबाट विभागको नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



