अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा

620
Shares

काठमाडौँ, २ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मिश्रालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । स्रोतका अनुसार उनले शुक्रबार कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेकी छन् ।

उनलाई विपद् पछिको अवस्थालाई ब्यवस्थापन गर्न तथा अन्य बिशेष जिम्मेवारीका लागि प्रधानमन्त्री कार्यालयमा ल्याईएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *