राजविराज अस्पतालको गेटम सुत्केरी प्रकरणः अनुगमन समितिले देखायो तीन वटै पक्षको कमजोरी

चिकित्सक नर्स देखि कर्मचारीमाथि कार्वाही सिफारिस
180
Shares

काठमाडौं, १ असोज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिले तीनवटै पक्षको कमजोरी भएको निस्कर्ष निकालेको छ ।

यद्धपी समितिले घटनाका बेलामा डिउटीमा रहेका चिकित्सक, नर्स देखि अरु स्वास्थ्यकर्मी र कर्मचारीहरुमाथि विभागीय कार्वाहीका लागि सिफारिस गरेको छ ।

अनुगमन टोलीका एक सदस्यका अनुसार प्रतिवेदनमा अस्पताल आइसकेको गर्भवती महिलालाई बुझाउन नसक्नु र बाहिर निस्कने बातावरण बनाउनु त्यसबेला डिउटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्स देखि कार्यरत कर्मचारीहरुको कमजोरी भएको उल्लेख छ ।

उनीहरुमाथि कार्वाही गर्न भनिएको छ ।

त्यसो त घटना लगत्तै अस्पताल प्रशासनले डिउटीमा रहेका चिकित्सक, नर्स देखि सुरक्षागार्ड सम्मलाई कामकाज गर्न रोक लगाउने निर्णय गरेको थियो ।

अनुगमन समितिको प्रतिवेदनमा ती र ती बाहेक थप केहीलाई कार्वाहीको सिफारिस गरेको छ ।

यस्तै प्रतिवेदनमा गरीवी अशिक्षा र अज्ञानताका कारण पनि सो घटना घटेको उल्लेख छ । ‘बुझाउनेले राम्ररी बुझाएन, गर्भवती पक्षहरुले राम्ररी बुझेनन् र उनीहरु अस्पतालबाट बाहिरिए । यो बुझाईमा कमि, अशिक्षा र अज्ञानताका कारण भएको भन्ने पनि हाम्रो निस्कर्ष हो,’ ती सदस्यले भने ।

यस्तै टोलीले नीतिगत रुपमा पनि केही कमजोरी रहेको देखाएको छ । ‘आमा सुरक्षा कार्यक्रम त छ तर के के निशुल्क हो ? के केमा शुल्क लाग्छ ? कस्तो केसलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा स्पष्टता छैन रहेछ । त्यसको बुझाईमा समस्या भएर पनि घटना घटेको देखिन्छ । यी सबैकुराहरुलाई भविस्यमा नदोहोरिने गरी नीतिगत स्पष्टता कायम राख्न भनिएको छ,’ ती सदस्यले भने ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजय कुमार शाह, डा. सारिका गोईत र डा. रविन बस्नेत सहभागी थिए।

टोलीले २०८३ भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन, सेवा प्रवाहको अवस्था र सम्बन्धित स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे अध्ययन गरेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *