उद्योग मन्त्री गौरीकुमारी यादवले दिईन राजीनामा

96
Shares

काठमाडौँ, २५ भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटी राजीनामा बुझाएकी हुन् । बुधबार मात्रै मन्त्री यादवले संसदीय समितिमा ग्याँसको विषयमा विवादास्पद अभिव्यक्ति दिएकी थिईन ।

उनले ग्यास अभावमा उद्योगीहरु ग्यास उद्योगीहरु नै दोशी भन्दै उनीहरुलाई पाता फर्काउनुपर्ने बताएकी थिईन । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपण्डलमा पदबाट राजीनामा दिने यादव तेस्रो मन्त्री बनेकी छन् । यसअघि श्रम मन्त्रीबाट दीपक साह र गृह मन्त्रीबाट सुदन गुरुङले राजीनामा दिएका थिए । यद्धपी गृह मन्त्री पछि सोही पदमा पुर्नवहाली भएका हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *