भन्सार र बजारमा देखिएको औषधिको मूल्य अन्तरबारे छानबीन गर्दै सरकार

384
Shares

काठमाडौँ,१७ माघ । विदेशबाट आयात हुने एउटै औषधिको भन्सार र बजार मूल्यमा ठूलो अन्तर देखिएपछि स्वास्थ्य मन्त्रालयले छानवीन अगाडी बढाएको छ ।

मन्त्रालयले सत्यतथ्य बुझी एक साता भित्र प्रतिवेदन पेश गर्न औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई जिम्मा दिएको छ ।

महानिर्देशक ढकालले सो सम्वन्धमा विभागले छानवीन गरिरहेको भन्दै एक दुई दिन भित्रमा प्रतिवेदन पेश गर्ने बताए । ‘सो सम्वन्धमा छानवीन भईरहेको छ । एक दुई दिन भित्रमा रिपोर्ट मन्त्रालयमा पठाउँछुहोला,’  ढकालले भने ।

औषधिको कर थोरै तिर्नका लागि कतिपय आयात कर्ताले भन्सारमा अत्यन्त सस्तो दरमा मूल्य पेश गर्ने र बजारमा ल्याएपछि चर्को मुल्य राख्ने गुनासो आएको थियो । सो गुनासो आएपछि स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा चिकित्सासेवा महाशाखाले विभागलाई पत्र काटेर सो सम्वन्धमा छानवीन गरि प्रतिवेदन पेश गर्न भनेको हो ।

विभागको स्रोतका अनुसार विदेशबाट आयात गरेका कतिपय सप्लायरहरुले भन्सार र बजारमा पेश गरेको मुल्य २० गुणा भन्दा बढी भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *