स्वास्थ्यका तीन निकायको नेतृत्व गर्न दरखास्त दिनेमध्ये अन्तर्वार्ताका लागि को-को परे ?

236
Shares

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका तीनवटा संस्थाको अध्यक्ष, रजिष्ट्रार र सदस्य सचिव पदमा दिइएको दरखास्त मूल्यांकन गरी अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ ।

मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा ७ जना, रजिष्ट्रार पदमा ७ जनाको नाम अन्तर्वार्ता तथा प्रस्तुतिका छनौट गरेको छ ।

यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष पदका लागि १३ जना र सदस्य सचिव पदका लागि ७ जनाको नाम छनौट गरेको छ ।

यस्तै आयुर्वेद चिकित्सक परिषद्को अध्यक्ष पदका लागि प्रस्तुति तथा अन्तर्वार्ताका लागि ४ जनाको नाम छनौट गरेको छ । उनीहरुलाई आगामी १८ देखि २२ गतेसम्म प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

मन्त्रालयले गत २ असारमा १० दिनको समयावधी तोकि दरखास्त आव्हान गरेको थियो ।

नाम सूची हेर्नुहोस:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *