तनहुँमा सत्रजना कुष्ठरोगी

0
Shares

दमौली, १६ माघ । तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी रहेका छन् ।

६४ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँमा ११ जना पुराना र ६ जना नयाँ कुष्ठरोगी छन् । तीमध्ये १६ जना सर्ने र एकजना नसर्ने कुष्ठरोगी रहेको उनले बताए ।

जिल्लाको दुलेगौडामा तीन, खैरेनीटारमा एक, ब्यास नगरपालिकामा १०, क्यामिनमा एक र रुपाकोटमा दुईजना कुष्ठरोगी रहेका छन् । ती सबै कुष्ठरोगी स्वास्थ्य संस्थामा उपचार गराइराखेका छन्, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत डा पवनजङ्ग रायमाझीले भने– ‘कुष्ठरोगी कम सर्ने सरुवा रोग भएकाले समयमै उपचार गर्नसके अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’

कुष्ठरोग लागेकाले हाच्छिउँ गर्दा निस्कने किटाणु हावामा मिसिएर श्वास–प्रश्वासका माध्यमवाट सर्ने भएकाले त्यसतर्फ सचेत हुन पनि डा रायमाझीले सबैमा आग्रह गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *