मेडिकल अधिकृत, फार्मेसी सहायक सहित २५८ जनालाई रोजगारी अवसर
काठमाडौँ, १२ माघ । स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत, बायोमेडिकल इन्जिनियर, बायोमेडिकल इक्यूपमेन्ट टेक्निसियन, एनेस्थेसिया सहायक, फार्मेसी सहायक गरी २१४ सिटमा दरखास्त मागेको छ ।
करार सेवामा नियुक्त गर्ने भन्दै मन्त्रालयले १५ दिन भित्रमा मन्त्रालयमै आएर दरखास्त दिन आवहान गरेको छ ।
त्यस्तै मन्त्रालयले आयुर्वेद तर्फ आयुर्वेद चिकित्सक, कबिराज, बैद्य गरी ४४ सिटका लागि दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुकले १५ दिन भित्र स्वास्थ्य मन्त्रालयमा आएर दरखास्त दिन सक्ने जनाइएको छ ।
थप जानकारीका लागि हेर्नुहोस् सूचना


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



