मेडिकल अधिकृत, फार्मेसी सहायक सहित २५८ जनालाई रोजगारी अवसर

काठमाडौँ, १२ माघ । स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत, बायोमेडिकल इन्जिनियर, बायोमेडिकल इक्यूपमेन्ट टेक्निसियन, एनेस्थेसिया सहायक, फार्मेसी सहायक गरी २१४ सिटमा दरखास्त मागेको छ ।

करार सेवामा नियुक्त गर्ने भन्दै मन्त्रालयले १५ दिन भित्रमा मन्त्रालयमै आएर दरखास्त दिन आवहान गरेको छ ।

त्यस्तै मन्त्रालयले आयुर्वेद तर्फ आयुर्वेद चिकित्सक, कबिराज, बैद्य गरी ४४ सिटका लागि दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुकले १५ दिन भित्र स्वास्थ्य मन्त्रालयमा आएर दरखास्त दिन सक्ने जनाइएको छ ।

थप जानकारीका लागि हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *