चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण

चितवन, ११ माघ । चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेमाथि आज साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए ।

स्ट्यामले लागेर डा न्यौपाने चडेको वा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । सिसाको टुक्राले शरीरमा लागेको भए पनि डा न्यौपाने र गाडी चालक सकुशल रहेको थापाले बताए ।

मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा न्यौपानेले बताए । दुईवटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको साँझसम्म कसैले जिम्मेवारी लिएको छैन । रासस

तस्बिर सौजन्य : ईश्वर जोशी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *