सेवा सर्त सम्वन्धी नयाँ निर्देशिकाको पोखराका चिकित्सकद्धारा विरोध
काठमाडौँ, १० माघ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सर्त सम्वन्धमा मन्त्रीपरिषद्बाट गत विहीबार पारित नयाँ निर्देशिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतला पोखराका चिकित्सकहरुले पनि विरोध गरेका छन् । यसअघि भरतपुर अस्पतालका चिकित्सकले विज्ञप्ती निकालेर विरोध जनाएका थिए ।
क्षेत्रीय अस्पताल पोखराका सम्पूर्ण चिकित्सकको नाममा सोमबार जारी विज्ञप्तीमा नयाँ निर्देशिकाले स्वासथ्य सेवा नियमावलीमा उल्लेख भएको हप्तामा ४० घण्टा बढी काम गर्न चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई बाध्यपार्न नसकिने प्रावधानलाई ठाडो उल्लघंन गरेको जिकिर गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यो निर्देशिकाले स्वास्थ्य मन्त्रालयले दिएका निर्देशनहरुको पालना गर्ने क्रममा अहोरात्र खटिएर गुणस्तरीय सेवा दिईरहेका हामी सम्पूर्ण चिकित्सकहरुको मनोवल बढाउनुको साटो उल्टै निरुत्साहित पार्न खोजिएको देखिन्छ ।
स्वास्थ्य मन्त्री गगन थापाको पहलमा तयार भएको नयाँ निर्देशिकाले ओभरटाईम भत्ताको व्यवस्था गरि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समय बढी दिनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै निजी प्राक्टिसमा जाने चिकित्सकहरुले पहिल्यै स्वीकृति लिनुपर्ने तथा सरकारी समयममा निजी प्राक्टिस गर्न नपाईने उल्लेख गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उल्लेखित भत्ता समेत निकै कम भएको तथा निजी प्राक्टिसमा लगाएको रोकमा समेत आपत्ती जनाउँदै आएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



