यी हुन् बेरुजु फर्छ्यौटमा उत्कृष्ठ ठहरिएका स्वास्थ्यका आठ कार्यालय

0
Shares

 

काठमाडौँ, ८ माघ । स्वास्थ्य मन्त्रालयले गत आर्थिक बर्षको बेरुजु फर्छ्यौटमा उत्कृष्ठ ठहरिएका आफ्ना आठवटा कार्यालयलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा मन्त्रालयले ५५ प्रतिशत भन्दा माथि बेरुजु फर्छयौट गर्ने ८ वटा कार्यालयलाई उत्कृष्ठ मुल्यांकन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यसरी पुरस्कृत हुनेहरुमा पहिलो जिल्ला स्वास्थ्य कार्यालय काभ्रे(८२.१८प्रतिशत), दोस्रो राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु(८१.०४प्रतिशत), तेस्रोमा मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत(७८.५८प्रतिशत) रहेका छन् ।

त्यस्तै चौथोमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर(७८.२५प्रतिशत)। पाँचौँमा जिल्ला स्वास्थ्य कार्यालय धादिङ(७०.९४ प्रतिशत), छैटौँमा जिल्ला स्वास्थ्य कार्यालय मनाङ(६४.३९प्रतिशत), सातौमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी(५७.८८ प्रतिशत) र आठौँमा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची (५६.१२ प्रतिशत) रहेका छन् ।

मन्त्रालयले पुरस्कृत संस्थाका प्रमुख, लेखाअधिकृत र लेखापाललाई धन्यवाद पत्र सहित नगद ८ हजार रुपैयाँबाट सम्मान गर्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *