काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा.रामकण्ठ मकाजु

192
Shares

काठमाडौँ, ७ माघ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा पुनः डा. रामकण्ठ मकाजु नियुक्त भएका छन् ।

प्रधानमन्त्री दाहाल र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपकुलपति छनौट समितिले दिएको पाँच जनाको नाममध्ये प्रधानमन्त्री पुष्पकमल दाहालले डा. माकाजूलाई छानेका हुन् र  डा. मकाजुलाई उपकुलपति नियुक्त गरेका हुन्।

रिक्त रहेको उपकलुपति नियुक्तिका लागि विश्वविद्यालय सभाले छनौट समिति गठन गरेको थियो। समितिले पूर्व उपकुलपति मकाजुसहित पूर्व रजिस्ट्रार भद्रमान तुलाधर, रजिस्ट्रार एवं कार्यवाहक उपकुलपति भोला थापा, पूर्व डीन मनप्रसाद वाग्ले र बायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो।

माकाजु यसअघि पनि काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । उनको चार वर्षे कार्यकाल गत मंसिर अन्तिम साता सकिएको थियो । माकाजुको कार्यकाल विवादित भएको भन्दै उनलाई फेरि पनि उपकुलपति नबनाउन प्राध्यापकहरुले दबाव दिँदै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *