डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई ओभरटाइम भत्ता दिने सरकारको निर्णय

2.8k
Shares

काठमाडौँ,६ माघ । सरकारले अबदेखि नर्स, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सेवा अन्तर्गतका अन्य कर्मचारीहरुलाई पनि ओभरटाइम भत्ता दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले अतिरिक्त सुबिधा अर्थात् ओभरटाइम भत्ता दिने निर्णय गरेको हो ।

यसअघि सरकारले सबै स्वास्थ्य संस्थाहरुमा ओपीडी सेवा ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरुले त्यसबापत अतिरिक्त भत्ता पाउनुपर्ने सर्त राख्दै आएका थिए ।

सरकारले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीका लागि सेवा शर्त र सुविधा सम्वन्धी कार्यविधी स्वीकृत गरेर भत्ताको व्यवस्था गरिदिएको हो ।

स्वीकृत कार्यविधी अनुसार स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीहरुलाई कार्यालय समयभन्दा अतिरिक्त काम गरेवापत अतिरिक्त सुविधा दिनेछ । यो सुविधा कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्सहरुलाई उपलब्ध गराउनेछ । तर यस्तो अतिरिक्त भत्ता तलबको ५० प्रतिशतभन्दा बढी हुने छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *