एमालेद्धारा स्वास्थ्य मन्त्री थापाको ध्यानाकर्षण

0
Shares


काठमाडौँ, ५ माघ । प्रशासनिक काममा मन्त्रीको निजि सचिवालय हावी भएको भन्दै स्वास्थ्य मन्त्री गगन थापाको ध्यानाकर्षण गराएको छ ।

प्रमुख बिपक्षी दल नेकपा एमाले सम्बद्ध स्वास्थ्य बिभागको टोलीले बुधबार मन्त्री थापालाई भेटी ज्ञापनपत्र मार्फत मध्यानाकर्षण गराएको हो ।

पार्टाीको स्वास्थ्य बिभाग प्रमुख सुचिता शाक्यको समन्वय र पूर्व स्वास्थ्य मन्त्री खजराज अधिकारीको अगुवाइमा गएको प्रतिनिधि मण्डलले मन्त्रालयका प्रशासनिक संयन्त्रलाई अप्ठेरो पर्ने गरी निजि सचिवालयलाई जिम्मेवार दिएको र यसले समानान्तर प्रशासन चलाएको आरोप लगाए ।

उनीहरुले सचिव, सहसचिवका प्रस्ताव मन्त्री कहाँ नपुग्दै निजी सचिवालयले फर्काइदिने गरको आरोप लगाए । सरुवामा, नितिगत निर्णयमा, नियुक्तिमा हावी भएको बताए ।

 

जवाफमा मन्त्री थापाले केही कमजोरी भएको हुनसक्ने भन्दै त्यसलाई सच्याउन आफू तयार रहेको बताए ।

उनले प्रशासनिक संयन्त्रले सोचेजस्तो काम नगर्दा आफ्नो संयन्त्र प्रयोग गरेको भन्दै त्यसमा गलत मनसाय नभएको बताए ।

टोलीम सहभागी डा. कृष्ण अधिकारीका अनुसार ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले स्वास्थ्य सुधारका लागि आफू लागेको भन्दै दिएको सुझाव अनुसार छलफल गरी अघि बढ्ने बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *