ओडिशा अस्पतालमा आगलागी: १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

72
Shares

भारत । ओडिशाको कटकस्थित एससीबी मेडिकल कलेज तथा टिचिङ अस्पतालको ट्रमा केयर आइसियुमा सोमबार बिहान आगलागी हुँदा कम्तीमा १० जना बिरामीको मृत्यु भएको छ।

यस घटनामा कम्तीमा ११ जना अस्पताल कर्मचारी घाइते भएका छन्। ओडिशा मुख्य मन्त्री मोहन चरण माझीका अनुसार ती कर्मचारीहरू बिरामीलाई उद्धार गर्ने क्रममा घाइते भएका हुन् ।

आगलागी बिहान २:३०-३:०० बजेको बीचमा भएको हो । अस्पतालको आईसीयूमा गम्भीर बिरामीहरू उपचाररत थिए । आगलागीको खबर पाउनासाथ धेरैवटा दमकल लिएर उद्धारकर्मीहरु अस्पतालमा पुगेका थिए ।

घटनापछि मुख्य मन्त्री माझी, स्वास्थ्य मन्त्री मुखेश महालिङ तत्काल अस्पताल पुगेका थिए । उनीहरूले उपचाररत अन्य बिरामीहरूको अवस्था पनि पनि हेरेका थिए ।

त्यसपछि मुख्यमन्त्री माझीले पत्रकारहरूसँग कुरा गर्दै कुल २३ जना बिरामीहरूलाई अन्य विभागमा सारिएको बताए । उनले सात गम्भीर बिरामीहरूलाई आइसियु र वार्डमा सार्दा मृत्यु भएको समेत जानकारी दिए । त्यसबाहेक अरु तीन जनाको पछि उपचारकै क्रममा मृत्यु भएको बताए ।

‘मैले सम्बन्धित अधिकारीहरूलाई घाइतेहरूको उचित उपचारका लागि निर्देशन दिएको छु,’उनले भने ।

घटनामा मृत्यु भएका परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने घोषणासमेत गरिएको छ। साथै, घटनाको न्यायिक छानबिन गरिने पनि जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *