प्रसुतिगृह अस्पतालका निर्देशक डा. जागेश्वर गौतमद्धारा राजिनामा

3.5k
Shares

काठमाडौँ, ५ पुस – थापाथलीस्थित प्रसुतिगृह अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले मंगलबार स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेतीलाई राजीनामा बुझाएका हुन्।

‘अहिले निर्देशक पदबाट मात्रै राजिनामा दिएको हुँ ‘ नेपाली हेल्थसंग डा गौतमले भने, ‘सरकारी सेवाबाट दिएको होइन् ।’ उनले कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रस्तावमा असहमति जनाउदै पदबाट राजिनामा दिएको स्पष्ट पारे ।

‘हाम्रो काम कर्तव्य र अधिकारका कुरा स्वास्थ्य सेवा ऐन नियमावलीमा स्पष्ट छ । त्यसैले थप करार सम्झौता गरिराख्नु पर्दैन भन्ने मेरो मान्यता थियो तर पनि मन्त्री ज्यूले करार सम्झौँता गर्नै पर्ने भन्नुभयो, त्यसमा मलाई चित्त बुझेन मार्गप्रसस्त गरिदिएँ ।’

उनले डा. आमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेबारी दिएको समेत बताए ।

यसअघि स्वास्थ्य मन्त्री गगन थापाले सरकारी अस्पतालका निर्देशकलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने निर्णय गरेका थिए । सोही कारण उनले राजिनामा दिएको हुनसक्ने अनुमान गरिएको थियो । डा.  गौतमले चावहिलस्थित ओम अस्पतालमा समेत काम गर्ने गर्छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *