अनुमतिबिना सञ्चालनमा आएको भन्दै आठ अस्पतालका मेडिकल उपकरणमा सिलबन्दी

1.2k
Shares

 

काठमाडौँ, ५ पुस । अनुमति नलिएर उपकरण प्रयोग गरिएको भन्दै सरकारले आठ अस्पतालका त्यस्ता उपकरणमा सिलबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालको नामै तोकेर सिलवन्दी गर्न सम्वन्धीत जिल्लाका जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको हो । छ ।

मानव स्वास्थ्य तथा वातावरणमा असर गर्ने रेडियोधर्मी विकिरण उत्पादन गर्ने पुराना मेडिकल उपकरण अनुमति नलिई अस्पतालले आयात गरेकाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य प्रशासक भानु येङगदेनको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले मौलाकालिका अस्पतालमा सञ्चालित नारायणी इर्मजिङ एण्ड डाइनोष्टिक सेन्टर, ग्लोवल हस्पिटल एण्ड एजुकेसन फाउन्डेसन ग्वार्को ललितपुर, विराटनगर अस्पताल, मोरङ लाइफ गार्ड अस्पताल विराटनगर, कन्काई अस्पताल विर्तामोड झापा, लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी इर्मेजिङ सेन्टर पोखरा र नेपालगन्ज मेडिकल कलेज बाँकेले सिटी स्क्यान, एमआरआइ मेसिन, एक्सरे, अल्ट्रासाउन्डलगायत मेसिन अनुमति बिना खरिद गरिएको पाएपछि सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयमा पत्र पठाई ती सामग्री जफत गरेर सिल गर्न आदेश दिएको छ ।

समितिले हिजो स्वास्थ्यमन्त्री गगनकुमार थापालाई प्रतिवेदन बुझाई स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को दफा २३ क ९८० र ख ९७० बमोजिम सिल गर्नुपर्ने जानकारी गराएको थियो ।

स्वास्थ्य संस्था तथा अस्पतालले सामग्री खरिद गर्दा मन्त्रालयमा वा सम्बन्धित जनस्वास्थ्य कार्यालयमा खरिद तथा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *