स्तन क्यान्सर उपचारमा नयाँ सम्भावना पत्ता लागेको चिनियाँ अनुसन्धानकर्ताको दाबी

60
Shares

सांघाई । चीनका अनुसन्धानकर्ताहरूले ट्रिपल–नेगेटिभ स्तन क्यान्सर (टीएनबीसी) बिरामीमा इम्युनोथेरापी असफल हुनुको मुख्य कारण ट्युमरभित्र रहेका संवेदनात्मक स्नायु (सेन्सरी नर्भ) भएको पत्ता लगाएका छन्।

उनीहरुले यो खोजबाट माइग्रेन उपचारमा प्रयोग भइरहेका औषधीबाटै क्यान्सर उपचार प्रभावकारी बनाउन सकिने सम्भावना देखिएको दावी गरेका छन् ।

यो अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल सेलमा मा शुक्रबार प्रकाशित भएको हो।

अध्ययनअनुसार ट्युमरभित्रका यी स्नायुहरू “कमाण्डर” जस्तै भूमिका खेल्दै शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोषमाथि आक्रमण गर्नबाट रोक्छन्।

आक्रामक क्यान्सरको चुनौती

ट्रिपल–नेगेटिभ स्तन क्यान्सर (टीएनबीसी) स्तन क्यान्सरको एक आक्रामक र जटिल प्रकार मानिन्छ।

यो कुल स्तन क्यान्सरमध्ये करिब २० प्रतिशतमा देखिन्छ र पाँच वर्षभित्र शरीरका अन्य भागमा फैलिने जोखिम उच्च हुन्छ।

इम्युनोथेरापी जस्ता आधुनिक उपचारले आशा जगाए पनि धेरै बिरामीले अपेक्षित प्रतिक्रिया नदिने वा छिट्टै प्रतिरोध (रेजिस्टेन्स) विकास गर्ने समस्या देखिँदै आएको छ।

ट्युमर वरिपरिको “वातावरण” मा ध्यान
अनुसन्धान टोलीमा फुडोन युनिभरसिस्टी संघाई क्यान्सर सेन्टर र इन्स्टिच्युट फर ट्रान्सलेसन ब्रेन रिसर्च फर अफ फुडान युनिसर्भसिटीका का विज्ञहरू सहभागी थिए।

उनीहरूले क्यान्सर कोषमा मात्र होइन, ट्युमर वरिपरिको सूक्ष्म वातावरण (ट्युमर माइक्रोएनभाइरोन्मेन्ट) मा अध्ययन केन्द्रित गरेका थिए।

३६० वटा क्लिनिकल नमुना विश्लेषण गर्दा संवेदनात्मक स्नायुले धेरै घेरिएका ट्युमर भएका बिरामीको अवस्था सबैभन्दा जटिल पाइएको थियो।

अनुसन्धानका प्रमुख तथा क्यान्सर केन्द्रका जनरल सर्जरी निर्देशक साओ झिमिनका अनुसार, “यी स्नायुहरूले प्रतिरक्षा कोषलाई ट्युमरको भित्री भागमा प्रवेश गर्नबाट रोक्छन्।”

अर्का अनुसन्धानकर्ता झियाग यिन्जाओले बताएअनुसार, ट्युमर कोषहरूले स्नायुलाई संकेत पठाउँछन्। त्यसपछि स्नायुहरूले वरिपरिका कोषलाई बाक्लो कोलेजन तह उत्पादन गर्न उत्प्रेरित गर्छन्, जसले भौतिक पर्खालजस्तै अवरोध सिर्जना गर्छ र इम्युनोथेरापी औषधि क्यान्सर कोषसम्म पुग्न दिँदैन।

माइग्रेन औषधीबाट सम्भावित समाधान
यो अवरोध हटाउन अनुसन्धानकर्ताहरूले माइग्रेन उपचारमा प्रयोग हुने औषधी रिमोगेमेन्ट प्रयोग गरे।

जनावरमा गरिएको परीक्षणमा उक्त औषधीले स्नायु संकेत अवरुद्ध गर्दा क्यान्सरको वृद्धि कम भएको र इम्युनोथेरापी अझ प्रभावकारी बनेको पाइएको छ।

रिमेगेप्यान्ट पहिले नै स्वीकृत र व्यापक प्रयोगमा रहेको औषधी भएकाले यसलाई क्यान्सर उपचारमा प्रयोग गर्ने प्रक्रिया अपेक्षाकृत छिटो अघि बढ्न सक्ने विज्ञहरूको विश्वास छ।

अनुसन्धानकर्ता शाओका अनुसार क्यान्सर उपचारमा स्नायु प्रणाली र प्रतिरक्षा प्रणालीलाई अलग–अलग नभई एकीकृत रूपमा हेर्नु अत्यन्त महत्वपूर्ण रहेको यो अध्ययनले देखाएको छ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *