स्वास्थ्यमा सबैको समान पहुँच आवश्यक : स्वास्थ्यमन्त्री थापा

0
Shares

काठमाडौँ, ३० मंसिर – स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य सेवामा हरेक बर्ग र जातीबीच समान पहुँच र समानता हुनु जरुरी रहेको बताएका छन् । अहिले संविधानले सबैको पहुँचमा स्वास्थ्य सेवा हुनुपर्ने उल्लेख गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन भई नसकेको भन्दै त्यसका लागि समानता जरुरी रहेको बताए ।

स्वास्थ्य सेवाको पहुँच बाहिर परेकाहरुलाई समेट्ने राष्ट्रिय रणनीति सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘संविधान अथवा नीतिगत रुपमा अहिले पनि कुरा राम्रा नै छन तर त्यसमा समानता छ कि छैन् वा सबैको समान पहुँच छ कि छैन भन्नेमा अझै स्पष्ट भईसकेको छैन् । हाम्रो उद्धेश्य स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्छ भन्ने हो,’ मन्त्री थापाले भने ।उनले नयाँ रणनीतिले पहुच बाहिर रहेकाहरुलाई पहुँच समेटने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सचिब डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नयाँ रणनीति आवश्यक भएको भन्दै त्यसैको कडीको रुपमा नयाँ रणनीति आएको बताए ।कार्यक्रममा प्रमुख विशेषज्ञद्धय डा पदमबहादुर चन्द, डा किरण रेग्मी विभागका महानिर्देशक डा पुष्पा चौधरी लगायतले बोलेका थिए ।

रणनीतिले नेपालमा स्वास्थ्य र पोषण असमानता न्युनिकरणका लागि र सर्वव्यापक स्वास्थ्य उपलव्धतामा योगदान गर्न पहुचबाहिर परेकाहरुलाई समेटन तयार गरिएको राष्ट्रिय रणनीति २०७३ २०८८ सम्मका लागि तयार गरिएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *