केयु चिकित्सा शास्त्रमा एक दशकपछि विद्यार्थी अभाव

3.4k
Shares

काठमाडौँ, २७ मंसिर – काठमाडौँ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा सरकारले तोकेको संख्या भन्दा कम विद्यार्थी भर्ना भएपछि एमबिबिएस र बिडिएस अध्ययन गर्ने विद्यार्थीको अभाव भएको छ । विश्वविद्यालयले यस्तो अभाव देखिएको एक दशक पछिकै पहिलो भएको जनाएको छ ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेका ११ वटा मेडिकल कलेज तथा डेन्टल कलेजहरुमध्ये अधिकांशमा सिट अनुसार मेरिट लिष्टमा रहेका विद्यार्थीहरु भर्ना हुन नआएका हुन् । त्यस्तो संख्या २४४ रहेको छ । ठूलो संख्यामा सिट खाली भएपछि कोटा पुरा गर्न विश्वविद्यालयले ३० मंसिरमा पुन प्रवेश परीक्षा लिन लागेको छ ।

भर्नाका लागि तीन पटक सम्म सूचना जारी गर्दासमेत मेरिट लिष्टमा परेका विद्यार्थी भर्ना हुन नआएकाले पुन प्रवेश परीक्षा लिन लागेको चिकित्सा संंकायका सहायक डीन राजेन्द्र कोजुले बताए । पहिला तयारी पुरा नहुँदा प्रवेश परीक्षा दिनबाट छुटेका विद्यार्थीलाई मध्येनजर गरेर पुन प्रवेश परीक्षा लिन लागिएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।


– आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *