पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा पुन: हुने

752
Shares

काठमाडौँ, २६ मंसिर – दुईपटक नतिजा प्रकाशित भएपछि विवादित बनेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस परीक्षा पुन हुने भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा गठित छानवीन समितिले नतिजा प्रकाशित गर्दा गम्भीर गल्ती गरेको भन्दै परीक्षा पुन लिन सुझाव दिएपछि परीक्षा पुन हुने भएको हो ।

पहिलो पटक गत १५ मंसिरमा एमबीबीएस प्रवेश परीक्षाको नतिजा निकालेको प्रतिष्ठानले १८ मंसिरमा पुन परीक्षाफल प्रकाशित गर्दै अघिल्लो परीक्षाफलमा त्रुटि भएको जनाएको थियो ।

दुईपटक नतिजा निकालेपछि स्वास्थ्य मन्त्री गगन थापाले छानवीन गर्न मन्त्रालयमा सहसचिव भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका थिए । सो समितिले पुन परीक्षा लिनुपर्ने सुझाव मन्त्री समक्ष बुझाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *