एमबीबीएस र बीडीएसका लागि प्रस्तावित नयाँ शुल्क लागू हुन सक्दैन : निजी मेडिकल कलेज सञ्चालक

0
Shares

private-medical-collageकाठमाडौँ, १९ मंसिर – निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था  एशोशिएसन आफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले डा. गोविन्द केसीको माग सम्वोधन गर्ने क्रममा गरिएको सहमति पत्रको शुल्क सम्वन्धी प्रस्ताव आफूहरुलाई अमान्य भएको बताएका छन् । उनीहरुले तोकिएको शुल्क लागू हुनै नसक्ने प्रतिक्रिया दिएका छन् ।

एसोशिएसनका अध्यक्ष डा. सुरेश कनोडियाले डा. केसी र सरकारबीच भएको सम्झौताले निजी कलेजहरुको माग सम्वोधन नभएको भन्दै तोकिएको नयाँ शुल्कमा आफूहरुले पढाउन नकस्ने बताए । ‘कि त सरकारले देखिने गरी त्यति लिग नदेखिने गरी चाहिए जति लिग भनेको हुनुपरयो होइन भने यसले हाम्रो संस्था चल्न सक्दैन । सिट घटाउदै जाने र ४२ लाखमा पढाउ भन्नु न्यायसंगत छैन् । हामी कुनै हालतमा मान्दैनौँ ‘ डा. कनोडियाले भने ।

सरकारले डा गोविन्द केसीको अनसन तोडाउन तयार गरेको सहमति पत्रमा उपत्यका बाहिर ४२ लाख ४५ हजार र उपत्यका भित्र ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै डेन्टलमा १९ लाख ७५ हजार शुल्क तोकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *