प्राध्यापकहरुले डीन कार्यलयमा ताला लगाउँदै, डा. केसी पक्षले माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ, १८ मंसिर – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक तथा कर्मचारीहरुले ले आइओएम डीन कार्यालयमा पुन ताला लगाउने बताएका छन् । नयाँ डीनको नियुक्ति डा गोविन्द केसीले सिफारिस गरेको व्यक्ति हुन लागेको भन्दै महाराजगञ्जस्थित डीन कार्यालयमा तालाबन्दी गर्ने जनाएका हुन् ।
‘प्राध्यापक, कर्मचारी, फ्याकल्टी डक्टर्स लगायतका विभिन्न संगठनहरुको साझा संघर्ष समितिले ताला लगाउन लागेको हो,’ एक प्राध्यापकले भने, ‘एक व्यक्तिले भनेकै आधारमा रातारात डीन परिवर्तन गरी उसैले भनेको व्यक्तिलाई डीन नियुक्ति गर्ने खेलो भएको छ । त्यसैको विरुद्ध हाम्रो विरोध हो’ उनले भने ।
डा केसीले डीनका लागि प्राडा जगदीश अग्रवाल नै सबैभन्दा योग्य भएको बताउदै आएका छन् । यसअघि पनि डा अग्रवाललाई डीन बनाउन लागेको भन्दै संयुक्त संघर्ष समितिको नाममा तालाबन्दी भएको थियो । झण्डै एक महिना लामो ताला प्राडा केपी सिह डीन बनेर आएसंगै खुलेको थियो ।
डा सिंहले शुक्रबार राजिनामा दिएपछि बेलुका नै राजिनामा स्वीकृत गरी नयाँ डीनका लागि प्राडा कुमुदकुमार काफ्लेको संयोजकत्वमा सर्च कमिटि गठन गरेको छ । सो कमिटीले डा अग्रवाललाई नै डीनका लागि रिफारिस गर्ने भन्दै पहिल्यै ताला लगाउन लागेको बुझिएको छ ।
यता तत्काल डीन नियुक्ति हुनुपर्ने भन्दै डा केसी समर्थकले आज बृहत प्रदर्शन गर्ने भएका छन् । विहान ११ बजे माइतीघरमा जम्मा भई प्रदर्शन गर्ने बताएका हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



