पक्राउ परेका डा. केसी समर्थकले प्रहरीबृत्तमै अनसन थाले

0
Shares

1

काठमाडौँ, ११ मंसिर – त्रिवि उपकुलपति प्राडा तीर्थ खनियाको निवास घेराउ गर्न जाँदा पक्राउ परेका डा गोविन्द केसी समर्थकले कालिमाटी प्रहरीबृत्तमै अनसन सुरु गरेका छन् । आफूहरुलाई बिना कारण पक्राउ गरेको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

हामीलाई पक्राउ गर्नुको लिखित कारण चाहियो र प्रशासनले लिखित रुपमै क्षमायाचना गर्नुपरयो पक्राउ परेका विद्यार्थीको भनाई उदृत गर्दै आवासीय चिकित्सक संघका अध्यक्ष डा लिजन महर्जनले भने, यद्धपी हामीले रिहाईका लागि बार्ता गर्न खोजिरहेका छौँ ।

डा महर्जनले प्रहरीले एक डाक्टर चार विद्यार्थी, १३ जना विवेकशील नेपाली पार्टीका कार्यकर्ता सहित ३१ जना लाई पक्राृउ गरी कालिमाटिबृत्तमा राखेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *