डा. गोविन्द केसीसंग बार्ता गर्न शिक्षा सचिवको संयोजकत्वमा बार्ताटोली गठन

164
Shares

dr-govinda-kc

काठमाडौँ, ११ मंसिर – सरकारले डा. गोविन्द केसीसंग बार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीय सरकारी बार्ता समिति गठन गरेको छ । समितिका अर्का सदस्यमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती रहेका छन् ।

उनीहरुलाई डा. केसी र उनका प्रतिनिधिसंग बार्ता गरी यथाशक्य छिटो अनशन तोडाउने जिम्मा दिइएको छ ।संयोजक रहेका शिक्षा सचिव श्रेष्ठले डा केसीसंग आजै भेटघाट गर्ने आफूहरुको योजना रहेको बताए । उनले मागका विषयमा डा केसी र उनका प्रतिनिधीसंग छलफल गर्ने बताए ।

दशौँ अनसनको १४ दिन पुग्दा डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताइएको छ । यसैबीच सरकारलाई दवाव दिन आज केसी समर्थकहरुले माइतीघर देखि बानेश्वरसम्म दवाव रयाली आयोजना गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *