बलिउड अभिनेत्री शेफाली जरीवालाको ‘कार्डियाक अरेस्ट’बाट मृत्यु
एजेन्सी । ‘काँटा लगा’ गर्लको रुपमा परिचित बलिउड अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार राती उनको कार्डियाक अरेस्टबाट निधन भएको हो ।
घरमै अचानक ढलेकी जरिवालालाई उनका पति पराग त्यागीले तत्कालै अस्पताल पुरयाएका थिए तर चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेका थिए । उनको मृत्युको खवरले बलिउड फिल्म उद्योगमा शोक छाएको छ ।
गय राती साढे १२ बजे उनको शब मुम्बईस्थित कुपर अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टम रिपोर्ट पछि मृत्युको कारणबारे थप जानकारी हुने बताइएको छ ।
शेफाली बलिउडमा एउटै गीतबाट रातारात हिट हुने अभिनेत्री तथा मोडल हुन् ।
सन् २००२ मा सार्वजनिक भएको म्यूजिक भिडियो काँटा लगामा उनले गरेको डान्सबाट रातारात भाइरल बनेकी थिईन ।
सम्पर्क इमेल : [email protected]