बलिउड अभिनेत्री शेफाली जरीवालाको ‘कार्डियाक अरेस्ट’बाट मृत्यु

320
Shares

एजेन्सी । ‘काँटा लगा’ गर्लको रुपमा परिचित बलिउड अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार राती उनको कार्डियाक अरेस्टबाट निधन भएको हो ।

घरमै अचानक ढलेकी जरिवालालाई उनका पति पराग त्यागीले तत्कालै अस्पताल पुरयाएका थिए तर चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरेका थिए । उनको मृत्युको खवरले बलिउड फिल्म उद्योगमा शोक छाएको छ ।

गय राती साढे १२ बजे उनको शब मुम्बईस्थित कुपर अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टम रिपोर्ट पछि मृत्युको कारणबारे थप जानकारी हुने बताइएको छ ।

शेफाली बलिउडमा एउटै गीतबाट रातारात हिट हुने अभिनेत्री तथा मोडल हुन् ।

सन् २००२ मा सार्वजनिक भएको म्यूजिक भिडियो काँटा लगामा उनले गरेको डान्सबाट रातारात भाइरल बनेकी थिईन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *