देशभरका ३६ वटा अस्पतालमा मिर्गौलाको डायलासिस, २५ वटामा हुन्छ नि:शुल्क (नाम सूची सहित)

61.2k
Shares

काठमाडौँ, २३ कात्तिक – मिर्गौला फेल भएका व्यक्तिलाई निशुल्क डायलासिस सेवा दिन देशका २५ वटा अस्पताल तथा स्वास्थ्य संस्था सूचिकृत भएका छन् । डायलायसिस सेवा दिइरहेका थप ११ वटा स्वास्थ्य संस्थाले सूचिकृतको प्रक्रिया अघि बढाउदै छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार उपत्यका भित्रका बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र लगायतका ठूला सरकारी अस्पतालले डायलासिस सहित प्रत्यारोपण समेतका सेवाहरु दिने गरेका छन् ।

त्यस्तै उपत्यका बाहिरका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सहित केही अञ्चल अस्पतालमा समेत डायालसिस निशुल्क हुने गरेको छ ।

यता उपत्यकाको नेपाल मेडिकल कलेज, उपत्यका बाहिरको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवन, नेपालगञ्ज मेडिकल कलेज, मणिपाल कलेज लगायतका निजी क्षेत्रका अस्पतालहरुले सूचिकृत भई निशुल्क डायालासिस सेवा दिदै आएका छन् ।

निजी क्षेत्रका ठूला अस्पतालहरु  ग्राण्डी, कान्तिपुर जनरल लगायतका अस्पतालमा समेत डायालासिस हुँदै आएको छ तर ती अस्पताल सुचीकृत भइसकेका छैनन् ।

डायलासिस सेवा दिएका तर सूचिकृत नभएका यस्ता ११ वटा अस्पतालहरु छन् । ‘ती मध्ये केही सूचिकृतका लागि प्रक्रिया समेत अघि बढाईसकेका छन् । निकट भविस्यमा त्यहाँबाट पनि निशुल्क सेवा होला,’  महाशाखाका फोकल पर्सन प्रकाश घिमिरेले बताए ।

यी हुन् नि:शुल्क डायलासिस सेवा दिने अस्पतालहरु 

nisulka-dailasis-copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

3 thoughts on “देशभरका ३६ वटा अस्पतालमा मिर्गौलाको डायलासिस, २५ वटामा हुन्छ नि:शुल्क (नाम सूची सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *