भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो
काठमाडौँ, २६ जेठ । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६ हजार नाघेको छ।
स्वास्थ्य विभागका अनुसार चौबिस घण्टामा ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै १ हजार ९५० केसहरू केरलामा छन्।
प्रत्येक दिन संक्रमणबाट ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
यो संगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेका छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]