भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

36
Shares

काठमाडौँ, २६ जेठ । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या ६ हजार नाघेको छ।

स्वास्थ्य विभागका अनुसार चौबिस घण्टामा ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै १ हजार ९५० केसहरू केरलामा छन्।

प्रत्येक दिन संक्रमणबाट ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

यो संगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

भारतमा चार नयाँ भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ फेला परेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *