त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा खुल्यो १०० जना नर्सका लागि जागिरको अवसर

काठमाडौँ, २३ जेठ । महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले एकैपटक १०० जना पदपूर्ति गर्ने भएको छ ।
अस्पतालले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलव्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको भन्दै योग्यता पुगेका ईच्छुकले आगामी २५ जेठ देखि १ असार बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्णले यस पदका लागि आवेदन दिन सक्ने बताइएको सूचनामा पुरुष नर्सको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष अधिकतम उमेर तोएिको छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



