त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा खुल्यो १०० जना नर्सका लागि जागिरको अवसर
काठमाडौँ, २३ जेठ । महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले एकैपटक १०० जना पदपूर्ति गर्ने भएको छ ।
अस्पतालले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता उपलव्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको भन्दै योग्यता पुगेका ईच्छुकले आगामी २५ जेठ देखि १ असार बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्णले यस पदका लागि आवेदन दिन सक्ने बताइएको सूचनामा पुरुष नर्सको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष अधिकतम उमेर तोएिको छ ।
हेर्नुहोस सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]